Advertisement
SKIP THIS
बुढीगंगा जलविद्युत आयोजनाले आह्वान गरेको ठेक्का रद्ध

तारामान खड्का अछाम:बुढीगंगा जलविद्युत आयोजनाले आह्वान गरेको ठेक्का रद्ध भएको छ। आयोजनाले मुख्य काम सुरुङ खन्ने र पावर हाउस निमार्ण गर्ने कार्यको लागि अन्तराष्ट्रीय ठेक्का आह्वान गरेको थियो । आयोजनाले छनोट गरेका कम्पनीहरुले लागत भन्दा बढीमा हाल्दा ठेक्का रद्ध गरिएकोे आयोजनका सिनियर डिभिजनल ईन्जिनियर हरि बहादुर खत्रीले बताए । ठेक्का रद्ध भएपछि पुन:ह ठेक्का खोल्ने तयारीमा आयोजना लागेको ईन्जिनियर खत्रीले बताए ।

अछाममा आम निवार्चनका बेला बुढीगंगा नदीमा बन्ने २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको नामा चुनावी नारा बन्ने गरेको गरेको छ ।२०५२ सालदेखि नै अध्ययन सुरु भएको जलबिद्युत आयोजना बि.स २०८० सालमा निमार्ण सम्पन्न गर्ने लक्ष्य लिईएको थियो ।आयोजनाले आह्वान गरेको ठेक्का रद्ध हुदाँ निमार्णमा अझै ढिलाई हुने देखिएको छ । आयोजनाले आवश्यक जग्गा अधिकरण र मुआब्जा बितरण, प्रशासनिक भवन र पावर हावस सम्म जाने सडक भने निमार्ण सम्पन्न गरिसकेको छ ।

साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले १ अर्ब ८० करोड ऋण र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने गरि अगाडी बढाइएको आयोजना नेपाल सरकार, उर्जा मन्त्रालय विद्युत विकास विभागको यो पहिलो जलविद्युत आयोजना हो ।

बुढीगंगा जलविद्युत आयोजनाबाट उत्पादित बिद्युत कैलालीको पहलमानपुर सव स्टेशनमा जोडिनेछ । तर अछामको बिकासको लागि मेरुदण्ठ मानिएको आयोजना सरकारी स्तरबाट हुने वेवास्ता र अछामबाट राष्ट्रिय राजनितिमा दख्खल राख्ने नेताहरुको उदासीनताका कारण २७ बर्ष सम्म पनि अन्योलताको भुमरीमा छ ।

तपाईको प्रतिक्रिया