Advertisement
SKIP THIS
एमाले कैलाली पुर्व अध्यक्ष सहित दर्जनौं नेता तथा कार्यकर्ता नागरिक उन्मुक्ति पार्टी प्रबेश

धनगढीः नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका सांसद रतन थापासहितका नेता कार्यकर्ता नागरिक उन्मुक्तिमा लागेका छन्। प्रदेश सांसद थापासहित पूर्व संघीय सांसद तथा राप्रपाका केन्द्रीय सदस्य हिमान्चलराज भट्टराई, निवर्तमान सांसद कैया चौधरी लगायतका एक दर्जन बढी नेताहरुले नागरिक उन्मुक्तिमा प्रवेश गरेका हुन्। 

रिपोर्टस क्लबमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई रेशम चौधरीकी पत्नी नागरिक उन्मुक्ति पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले स्वागत गरेकी छन्।

थापाले हालै सम्पन्न स्थानीय चुनावमा अन्तर्रघात गरेको भन्दै एमालेले उनलाई जिल्ला अध्यक्षबाट हटाएको थियो। यस्तै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केही नेता तथा कार्यकर्ताहरुले पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन्।

तपाईको प्रतिक्रिया