Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेशको राजधानी डेरामा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बलायर

निराकरण खबर डोटी :सुदूरपश्चिम प्रदेशको राजधानी अहिले डेरामा रहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले बताएका छन् । बुधबार नेपाल प्रेस युनियन डोटीले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पूर्व मन्त्रीसमेत रहेका बलायरले भने, ‘गोदावरीमा स्थायी राजधानी त तोकियो । तर कुनै हालतमा पनि उक्त ठाउँमा राजधानी हुन सक्दैन । पाँच वर्षमा राजधानी तोकिएको ठाउँमा कुनै भौतिक संरचना बनेको छैन । बन्नेवाला पनि छैन ।’

उनले थपे, ‘वन जंगल फडानी गर्न पाइँदैन । यदि नियम कानून विपरित रुख कटानी गरेमा नेपालले अन्तर्राष्ट्रिय अदालतमा उभिनु पर्ने स्थिति आउन सक्ने संकेत गरे । डोटीमा राजधानी हुन नसक्नु दुर्भाग्य हो । स्थायी राजधानी नआउनुको कारण निर्वाचित तत्कालीन नेकपाका सांसद र मुख्यमन्त्री रहेको आरोप लगाए ।

कार्यक्रममा नेपाली काग्रेसका डाेटी जिल्ला सभापति नरेन्द्र सिंह,पुर्व सभापति प्रदिप देउवा, महाधिवेशन प्रतिनिधि,प्रदेश प्रतिनिधि तथा जिल्ला कार्यसमिति सदस्य लगायतका नेताहरु काे उपस्थिति रहेको थियो

तपाईको प्रतिक्रिया