Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा `क´ द्वारा उम्मेदवारको नाम सिफारिस

निराकरण खबर अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नं १ ले प्रदेश सभा `क´ को बैठक सम्पन्न भएको छ।

बुधबार बसेको बैठकले मंसिर ४ गते हुने आसन्न प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रत्यक्ष तर्फबाट प्रदेश सभाका लागि ५ जना र समानुपातिक तर्फ १८ जनाको नाम क्षेत्रिय सभापतिलाई सिफारिस गरेको छ।

प्रदेश सभाका प्रत्यक्ष तर्फबाट उम्मेदवार सिफारिस हुनेमा सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का ,सुदूरपश्चिम प्रदेश सदस्य भक्त ठकुल्ला,महासमिति सदस्य राजन कुँवर, टेक बहादुर कुँवर र चक्र बहादुर कुँवरलाई सिफारिस गरेको छ।

यस्तै बैठकले प्रदेश समानुपातिक तर्फ महासमिति सदस्य अर्जुन ताम्राकार, महासमिति सदस्य जयन्द्र स्वार, महाधिवेशन प्रतिनिधि अप्सरा कुँवर,टंकर बहादुर ताम्राकार,तुलाराम साउँद,ध्वज बहादुर कुँवर,नर बहादुर कुँवर,नैनसिंह थलारी,पवित्रा कुँवर,बल बहादुर साउद, भगवती खनाल,भुवनेश्वरी शर्मा,मिरा खड्का,माया कुँवर, सुदूरपश्चिम प्रदेश सदस्य रुपा आउजि,हर्ष प्रशाद भट्ट,हिदृय कुमारी रावल र क्षेत्र कुमारी कुँवरलाई सिफारिस गरिएको प्रदेश `क´सभापति महेश खड्का जानकारी दिए।

तपाईको प्रतिक्रिया