Advertisement
SKIP THIS
बयालपाटा अस्पताल सञ्चालनमा प्रदेश सरकार गैर जिम्मेवार बन्यो , अछामका सरोकारवाला

अछाम : जिल्लाको बयालपाटा अस्पतालको अपनत्व सुदुरपश्चिम प्रदेश सरकारले लिनुपर्ने माग उठेको छ । अछाम जिल्लाका सरोकारवालाको बैठकले ५० शैयाको अस्पताल प्रदेश मातहुने नेपाल सरकारको कार्यबिधी र निति अनुसार बयालपाटा अस्पतालको आर्थिक दायित्व सहितको अपनत्व प्रदेश सरकारले लिनुपर्ने जोडदार माग उठेको हो ।

यसअघि संघिय सरकार मातहत रही स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संगको सम्झौतामा सार्बजनिक निजि साझेदारी अनुसार न्याय हेल्थ नेपालको व्यावस्थापनमा संचालित अस्पताल अहिलेको निति अनुसार प्रदेश सरकार मातहत हुने र सम्झौता समेत प्रदेश सरकार संग गर्नुपर्ने भएपनि त्यो हुन नसकेपछि जिल्लाका सरोकारवालाहरुले त्यसको कार्यन्वयनका लागि प्रदेश सरकार संग माग गरेका हुन्।

जिल्ला विकास समिती अछामका पूर्व सभापती भरत कुमार स्वाँरले प्रदेश सरकारले अछामलाई सौतेनी व्यावहारका
साथै उनीहरुले सुदूरपश्चिम प्रदेश सरकारले अस्पतालको ५० प्रतिशत आर्थिक दायित्व लिनुपर्ने वा बार्षिक १० करोड बजेट बिनियोजित गर्नुपर्ने माग गरेका छन् । यस्तै बयलापाटा अस्पताल सरोकार समितीको सोमबार बसेको बैठकले आर्थिक बर्ष २०७९/०८० का लागि अपुग बजेट पूर्ति गर्न अस्पताल सेवा क्षेत्र भित्रका अछाम, बाजुरा र डोटी जिल्लाका स्थानीय पालिकाहरुले कम्तिमा २५ लाख माग गर्ने निर्णय समेत गरेको सरोकार समितीका अध्यक्ष एवंम साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बताए ।

बयालापाटा अस्पतालले अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशका जनतालाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेकोमा यसको आर्थिक दायित्व सहितको अपनत्व प्रदेश सरकार र स्थानिय सरकारले पनि आर्थिक सहयोग गर्नुपर्ने स्थानिय राजनितिक दलका प्रतिनिधी एवंम सरोकारवालाले माग गरेका हुन् ।

बयालपाटा अस्पतालको दिर्घकालिन व्यावस्थापन सहितको संचालनका लागि सुदूरपश्चिम सरकाराले उच्च चाँसोका साथ पहल लिनुपर्नेमा प्रदेश सरकार पन्छिन खोजेको अछामका सरोकारवालाको आरोप छ ।

दृष्टिकोणले हेर्ने गरेको आरोेप लगाए । बयालपाटा अस्पतालका बिषयमा प्रदेश सरकार गम्भिर भएन भने आफुहरु जस्तो सुकै कदम चाल्न समेत पछि नपर्ने उनको भनाई थियो ।

जनताको भगवानका रुपमा अस्पतालले निशुल्क सेवा दिईरहेको भन्दै पूर्व सभापती स्वाँरले यसका लागि सबै स्थानिय पालिकाले समेत सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले आफु अस्पतालका बारेमा निकै चिन्ता र चाँसो लिएर प्रदेश र केन्द्रमा गएको बताए । अस्पतालको आर्थिक व्यावस्थापन गर्न आफु पछि नहट्ने र पटक पटक यस बिषयमा कुरा गरिरहेको बताए ।

साँफेबगर नगरपालिकाका पूर्व नगर प्रमुख कुल बहादुर कुवँरले बयालपाटा अस्पताल अछाम मात्र नभई सुप र कर्णाली प्रदेशका जनताका लागि समेत बरदान भएको बताए । यदि बयालपाटा अस्पताल हुदैँन भने यहाँका गरिब जनताको अकालमा मृत्यु हुन्छ उनले भने करोँडौँ रकम अन्यन्त्र उपचार गर्न खर्चिनु पर्छ ।

बैठकमा त्रिबेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा, साँफेबगर नगरपालिका नगर उपप्रमुख शिलोज कुवँर, कांग्रेस सुदुरपश्चिम प्रदेश सदस्य भक्त ठकुल, नेकपा एमाले अछामका संगठन बिभाग प्रमुख प्रकाश शाह, कांग्रेस अछामका नेता तथा समाजसेवी अर्जुन ताम्रकार, टक्कर ताम्राकार, समाजसेवी जयन्द्र स्वाँर, पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कुवँर, समाजवादी प्रेस संगठन अछामका अध्यक्ष डण्डी भट्ट लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया