Advertisement
SKIP THIS
धर्म,संस्कृती जोगाउन ब्रह्मकुमारी ईश्वरिय बिश्वबिद्यालयको महत्वपुर्ण भुमिका: नगर प्रमुख बाजि

निराकरण खबर डोटी: धर्म ,संस्कृती जोगाउन ब्रह्मकुमारी ईश्वरिय बिश्वबिद्यालयको महत्वपुर्ण भुमिका रहेकोे दिपायल सिलगढि नगर पालिकाका नगर प्रमुख बाजि सिं खड्काले बताएका छन् ।

सोमबार ब्रह्मकुमारी ईश्वरिय बिश्व विद्यालय राजपुरले आयोजना गरेको हरितालिका तिज पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नगर प्रमुख खड्काले संस्कार र संस्कृतीलाई जोगाइराख्न ईश्वरिय बिश्वबिद्यालयका नामले दिदिबहिनी आएका बताए ।

अहिलेको समयमा सबैले ब्रह्मकुमारी ईश्वरिय बिश्व विद्यालयले दिने शिक्षा लिन आवश्यक रहेको उनले बताए। हिन्दुनारीहरुको महानचाड हरितालिका तिजको सम्पूर्ण दिदिबहिनीहरुमा नगर प्रमुख खड्काले शुभकामना दिए।

शुभकामना आदनप्रदान कार्यक्रमको अध्यक्षता ब्रह्मकुमारी ईश्वरिय बिश्वबिद्यालय राजपुरकि प्रमुख जानकी दिदिले गर्नु भएको थियोे ।शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेकोे थियो ।

तपाईको प्रतिक्रिया