Advertisement
SKIP THIS
बिनायकका पहिरो पिडितलाई प्रशासन अछामद्वारा राहत वितरण

अछाम:अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ८ को ओखतेगडामा पहिरो गएपछि ३० भन्दा बढी घरपरिवार बिस्थापित भएका छन् ।

लगातारको बर्षाका कारण सो ओखतेगडाका २ ठाँउमा पहिरो जाँदा ३० भन्दा बढी घरपरिवार बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

गाँउका २ ठाँउमा पहिरोले ३० भन्दा बढी घरपरिवार बिस्थापित भएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए । उनका अनुसार ति बिस्तापित परिवालाई जिल्ला प्रशासन कार्यालय अछामले राहत सामाग्री सहयोग गरेको छ ।

प्रशासनले तत्कालका लागि उनिहरुलाई खाद्यान्न सामाग्री र आवासको व्यावस्था गरेको प्रजिअ मरासेनीले बताए । सो ठाँउमा पहिरो गएको थाह पाउन साथ आफ्नो नेतृत्वमा गएको टोलीले सामाग्री वितरण गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया