Advertisement
SKIP THIS
बयालपाटा अस्पताललाई प्रदेश सरकारले गैर जिम्मेवार ब्यावहार गर्यो:अछामका सरोकारवाला

अछाम :जिल्लाको बयालपाटा अस्पतालको अपनत्व सुदुरपश्चिम प्रदेश सरकारले लिनुपर्ने माग उठेको छ । अछाम जिल्लाका सरोकारवालाको बैठकले ५० शैयाको अस्पताल प्रदेश मातहुने नेपाल सरकारको कार्यबिधी र निति अनुसार बयालपाटा अस्पतालको आर्थिक दायित्व सहितको अपनत्व प्रदेश सरकारले लिुपर्ने जोडदार माग उठेको हो ।

बयालापाटा अस्पतालले अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशका जनतालाई निशुल्क गुणस्तरिय सेवा प्रदान गरिरहेकोमा यसको आर्थिक दायित्व सहितको अपनत्व प्रदेश सरकार र स्थानिय सरकारले पनि आर्थिक सहयोग गर्नुपर्ने स्थानिय राजनितिक दलका प्रतिनिधी एवंम सरोकारवालमले माग गरेका छन् ।
बयालपाटा अस्पतालको दिर्घकालिन व्यावस्थापन सहितको संचालनका लागि सुदूरपश्चिम सरकाराले उच्च चाँसोका साथ पहल लिनुपर्नेमा प्रदेश सरकार पन्छिन खोजेको अछामका सरोकारवालाको आरोप छ ।

जिल्ला विकास समिती अछामका पूर्व सभापती भरत कुमार स्वाँरले प्रदेश सरकारले अछामलाई सौतेनी व्यावहारका दृष्टिकोणले हेर्ने गरेको आरोेप लगाए । स्वास्थ्यमा सुधार गर्नुपर्ने बेला प्रदेश सरकार बयालपाटा जस्तो गुणस्तरिय सेवा दिईरहेको अस्पतालका बिषयमा गम्भिर नभएको आरोप लगाए ।
बयालपाटा अस्पतालका बिषयमा प्रदेश सरकार गम्भिर भएन भने आफुहरु जस्तो सुकै कदम चाल्न समेत पछि नपर्ने उनको भनाई थियो ।

जनताको भगवानका रुपमा अस्पतालले निशुल्क सेवा दिईरहेको भन्दै पूर्व सभापती स्वाँरले यसका लागि सबै स्थानिय पालिकाले समेत सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले आफु अस्पतालका बारेमा निकै चिन्ता र चाँसो लिएर प्रदेश र केन्द्रमा गएको बताए । अस्पतालको आर्थिक व्यावस्थापन गर्न आफु पछि नहट्ने र पटक पटक यस बिषयमा कुरा गरिरहेको बताए ।

साँफेबगर नगरपालिकाका पूर्व नगर प्रमुख कुल बहादुर कुवँरले बयालपाटा अस्पताल अछाम मात्र नभई सुप र कर्णाली प्रदेशका जनताका लागि समेत बरदान भएको बताए । यदि बयालपाटा अस्पताल हुदैँन भने यहाँका गरिब जनताको अकालमा मृत्यु हुन्छ उनले भने करोँडौँ रकम अन्यन्त्र उपचार गर्न खर्चिनु पर्छ ।
बयलापाटा अस्पताल सरोकार समितीको सोमबार बसेको बैठकले आर्थिक बर्ष २०७९÷०८० का लागि बजेट अपुग भएको भन्दै कम्तिमा २५ लाख माग गर्ने निर्णय समेत गरेको सरोकार समितीका अध्यक्ष एवंम नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बताए ।

बैठकमा साँफेबगर नगरपालिका नगर उपप्रमुख शिलोज कुवँर, कांग्रेस सुदुरपश्चिम प्रदेश सदस्य भक्त ठकुल्ला, नेकपा एमाले अछामका संगठन बिभाग प्रमुख प्रकाश शाह, कांग्रेस अछामका नेता तथा समाजसेवी अर्जुन ताम्रकार, टक्कर ताम्राकार, समाजसेवी जयन्द्र स्वाँर, पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कुवँर, समाजवादी प्रेस संगठन अछामका अध्यक्ष डण्डी भट्ट लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया