Advertisement
SKIP THIS
नेपाल बुद्धिजीवी परिषद् साँफेबगरको अध्यक्षमा भगवती कुँवर चयन

निराकरण खबर अछाम:नेपाल बुद्धिजीवी परिषद् साँफेबगर नगरपालिकास्तरीय अधिवेशन नयाँ नेतृत्व चयन गर्दे आज शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट भगवती कुँवरको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षमा कालुसिंह कुँवर सचिवमा हंसराज खड्का, कोषाध्यक्षमा सम्भु मियाँ, उपसचिवमा सरिता चुँदाली निर्वाचित भएका छन। कमिटीको सदस्यमा प्रेम ठकुल्ला, उर्मिला कुँवर शोभराज उपाध्याय, ज्ञानेन्द्र कुँवर प्रेम विष्ट लोगबहादुर बोगटी, बलबहादुर विष्ट रहेका छन।

बुद्धिजीवी परिषद् अछामले शनिबार मंगलसेन नगरपालिकाको पहिलो अधिवेशन गर्ने भएको छ । मंगलसेन नगरपालिकाको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने बताइएको छ । त्यसका लागि मंगलसेन नगरपालिका क्षेत्रका शिक्षक, कर्मचारी, व्यापारी, उद्योगी, समाजसेवी र स्थानीय अगुवालाई आउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया