निराकरण खबर अछाम:अछामका विभिन्न ठाउँमा किसानहरुले लगाएको बर्षे बालिमा जंगली जनावर बँदेल र बादरले सखाप पारेका छन् । किसानहरुले खाई नखाई लगाएको बर्षेबालि धान, कोदो मैकलाई जंगली जनावरले सखाप पारेपछि के खाने भनेर चिन्ता छाएको छ।
जिल्लाको साफेबगर नगरपालिका १० घुघुरकोटका किसानले गाउँको तोला गडा,तल खेत,कोल गडा लगायत अन्य ठाउँमा लगाएको बर्षे वालि धान, कोदो मैकलाई जंगली जनावरले सखाप पारेको शिक्षक कम्मान सिंह खड्काले बताए ।स्थानीय बासि रातभर खेतबारीमा जागराम बसेर बालि कुर्दा समेत जंगली जनावर बनेलले बालि खान नछोडेको उनले बताए ।
रातमा बनेल र दिनमा बादरले खेति सखाप पारेपछि के खाने कसरि परिवार पाल्ने भनेर किसान चिन्तामा छन। बर्सेनि किसान लगाएको खेत बारीमा जंगली जनावरले हानी पुर्याउन थालेपछि किसानहरुले गाउँ छोडेर जानुपर्ने अवस्था आएको शिक्षक खड्काले बताए । किसानहरुले जंगली जनावरलाई नियन्त्रण गर्नुपर्ने र नोक्सानी भएको बालिको क्षेतिपुर्ति पाउनुपर्ने माग गरेका छन।