Advertisement
SKIP THIS
संविधानको रक्षा गर्न गठबन्धन आवश्यक: मन्त्री रावल

अछाम :नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रण बहादुर रावलले गठबन्धन रहर नभई बाध्यता भएको बताएका छन।

भाद्र १० गतेदेखि शुरु हुन गइरहेको नेपाली कांग्रेसको ‘जनताको साथमा कांग्रेस’ अभियानमा केन्द्रिय प्रतिनिधिको रुपमा अछाम आइपुग्नु भएको नेता रावलले नेपाल प्रेस युनियन अछाम शाखाले मंगलसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केपी वलि बाट मुलुक र लोकतन्त्र खतरामा परेकाले वलिको अधिनायकवाद कार्यका विरुद्ध गठबन्धन भएको बताए ।

देशमा स्थापित संविधानको रक्षा गर्न लोकतान्त्रिक मुल्य मान्यता लाइ जोगाउनका लागी यो गठबन्धन आवश्यक भएको बताए ।

सञ्चारकर्मी हरुको प्रश्नको जवाफ दिदै मन्त्री रावलले भने काङ्ग्रेस एक्लै चुनावी मैदानमा भिड्ने तयार छ काङ्ग्रेस चुनावमा एक्लै जान डराएको चाहिँ होइन ,हिजो संविधानको घाटी निमोठेर संविधान ध्वस्त गराउन लाग्नेका विरुद्ध केहि दल हरु एक ठाउमा उभिएकाले गठबन्धन अघि बढेको बताए ।

काङ्ग्रेस पार्टी जहिले पनि लोकतन्त्र माथी बढी बिश्वास गर्ने भएकोले आसन्न मंसिर ४ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाइ बिश्वासका साथ बिजयी गराउन नेताकार्यकर्ता हरु एक जुट भएर जानू पर्ने बताए

तपाईको प्रतिक्रिया