Advertisement
SKIP THIS
सासुलाई कुटपिट गरेको घटना सार्वजनिक गर्ने बालक सम्मानित

टेकराज भण्डारी, अछाम : अछाम जिल्लामी सासुलाई कुटपिट र दुर्व्यवहार गरेको घटना बाहिर ल्याउने ११ बर्षिय बालक प्रदेश मन्त्रीद्वारा सम्मानित भएका छन् ।

यही भदौ ७ गते अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ स्थित आफ्नै घर कोठामा बर्ष ५३ कि जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी शारीरीक तथा मानसिक रुपमा अपमानजनक र अमानवीय ब्यबहार गरेको भिडियाे खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने साेही ठाउँका ११ बर्षिय बालक दिपेन्द्र न्याैपानेलाई कदर स्वरुप सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी कैलाशसिंह बिष्टले बताए ।

बालकले तत्काल घट्ना नियन्त्रण गर्न नसके पनि घट्नाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घटनाहरु लाई बाहिर ल्याई उजागर गर्नुका साथै कानुनी दायरामा ल्याउनमा महत्वपुर्ण योगदान पुर्‍याएकाे भन्दै ११ बर्षिय न्यौपाने लाई कदर स्वरुप सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले सम्मान गरे

एक कार्यक्रमकाे आयाेजना गरी सम्मान गरिएको प्रहरीले जनाएको छ । साे अवसरमा मन्त्री डाक्टर रावलले समाजकाे विकास र विकृति नियन्त्रणमा हरेक व्यक्तिको भूमिका हुने भन्दै बालक न्याैपानेकाे कामकाे प्रशंशा गरे ।

बालकलाई मन्त्रीबाट सम्मान पत्र प्रदान गर्नुका साथै जिल्ला प्रहरी कार्यालयको कार्यालय अछामको भवन, ब्यारेक, मेष, र विभिन्न शाखाहरुको निरीक्षण गरिएको छ ।

हाल कुटपिटमा परेकी सासुकाे जिल्ला अस्पतालमा उपचार भैरहेको छ भने २ जना बुहारी प्रहरी नियन्त्रणमा छन् ।

तपाईको प्रतिक्रिया