Advertisement
SKIP THIS
उच्च रक्तस्रावका कारण डोटीमा शिशु सहित सुत्केरी महिलाको मृत्यु

काठमाडौं :  उच्च रक्तस्रावका कारण जिल्ला अस्पताल डोटीमा शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको छ। 

डोटीको आदर्श गाउँपालिका–६ गिरीचौकाकी ३२ वर्षीया जानकी बोहरा खडायतको मृत्यु भएको हो। उनी पेशाले स्वास्थ्यकर्मी (अनमी) हुन्।  मृत अवस्थाको शिशुलाई जन्म दिएको केही समयपछि उनको मृत्यु भएको जिल्ला अस्पताल डोटीले जनाएको छ। 

अस्पतालका डाक्टर राजेन्द्र फुलाराकाअनुसार बोहराको स्वास्थ्यमा समस्या देखिएपछि करिब ३ घण्टाको बाटोमा स्ट्रेचरमा बोकेर गाउँपालिकाको केन्द्रसम्म उनलाई पुर्‍याइएको थियो। उनको बुधबार बिहान निधन भएको फुलाराले बताए।  

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल ल्याइएको थियो। अस्पताल पुगेको १० मिनेटमा मृत शिशुलाई जन्म दिएपनि अत्याधिक रक्तश्रावका कारण डेढ घण्टापछि उनको मृत्यु भएको हो। मृतकको ९ वर्षीय छोरा छन्। उनी २०७० सालदेखि घर नजिकैको गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत थिइन्।

तपाईको प्रतिक्रिया