Advertisement
SKIP THIS
अछाममा अरिंगालको टोकाईबाट एक बृद्धको मृत्यु

अछाम: अछाममा अरिंगालको टोकाईबाट एक बृद्ध महिलाको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाँउपालिका वडा नं. ३ ठाँटीका ७८ बर्षिया बुदी रावलको मृत्यु भएको हो ।

उनलाई सोमबार (हिजो) दिउसो १ बजे तिर बाख्रा चराउन जंगलमा गएको बेला अरिंगालले टोकेको थियो । अरिंगालको गोलो नै उनको शरिरमा खनिएपनि पुरै शरिरमा अरिंगालले टोकेको थियो ।

अरिंगालले टोकेपछि उनलाई उपचारको लागि हिजै राती बयालपाटा अस्पताल पुर्याईएको थियो ।

उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको आफन्तले जनाएका छन् ।

तपाईको प्रतिक्रिया