Advertisement
SKIP THIS
अब अछाममै सामान्य चिकित्सा प्रमाण पत्र तह(एचए) पढ्न पाईने (सूचना सहित)

निराकरण खबर अछामःअछाम जिल्लामा पहिलोपटक सामान्य चिकित्सा प्रमाण पत्र तह (HA) पढाइ हुने भएको छ।

मंगलसेन बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र २०७९।०८० को लागि सामान्य चिकित्सा प्रमाण पत्र तह (HA) मा भर्नाको समेत आह्वान गरिएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको आंगिक शिक्षालयका रुपमा रहेको बहुप्राविधिक शिक्षालयले ४० जना सिट संख्यामा भर्ना आह्वान गरेको हो ।

शिक्षालयले यहि भाद्र ५ गते देखी ९ गतेसम्म प्रवेश परिक्षाका लागि फारम भर्ने समय निर्धारण गरेको छ ।

अछाम जिल्लामै सामान्य चिकित्सा प्रमाण पत्र तह (HA) मा पढाइ सुरु भएपछि जिल्ला बाहिर पढ्न जानुपर्ने अवस्थाको अन्त्य हुने बिश्वास गरिएको छ। हाल सामान्य चिकित्सा प्रमाण पत्र तह (HA) मा पढ्नको लागि जिल्ला बाहिर जानुपर्ने अवस्था रहेको छ। जिल्लामै सामान्य चिकित्सा प्रमाण पत्र तह (HA) पढाइ हुने भएपछि आर्थिक अवस्था कम भएका बिधार्थीले समेत अछाममै बसेर पढ्न पाउने छन् ।

तपाईको प्रतिक्रिया