Advertisement
SKIP THIS
आदर्श गाउँपालिकामा तीज विशेष कार्यक्रम सञ्चालन गरिने ।

निराकरण खबर डाेटी :आदर्श गाउँपालिकामा तीज विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । आदर्श गाउँपालिका काे आयोजनामा ११ गते पालिका स्तरिय तीज विशेष कार्यक्रम सञ्चालन गरिने गाउँ पालिकाले जनाएको छ।

हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजकाे अवसरमा पालिकाका ७ ओटै वडालाइ पायक पर्ने गरि गाउँपालिकाकाे कार्यालयमा भाद्र ११ गते विहान ११ वजे देखि वेलुका ५ वजे सम्म कार्यक्रमकाे आयोजना गरिने गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी धामी राेकायाले बताउनुभयो ।

उक्त तिज विशेष कार्यक्रमले गाउँपालिकामा रहेका सम्पुर्ण जनसमुदायलाई संस्कृति संरक्षणमा प्रेरित गर्नका साथै महिलाहरूमा आपसी सम्बन्ध,सदभाव बढाउने भेटघाट र सुखदुःख बाँडफाँड हुने उनले बताइन् ।

वर्षभरी घरायसी काममा व्यस्त महिलाहरु एकैठाउँमा जम्मा भएर रमाइलाे भेटघाट र एक आपसमा दुःखसुख साट्ने मौका पनि मिल्नेछ । स्थानीय डेउडा संस्कृतिको संरक्षण गर्दै आफ्नो मौलिकता र संस्कृतिको जगेर्ना गर्नका लागि कार्यक्रममा देउडा गितका राष्ट्रिय कलाकार ले परिचित भुवन प्रसाद दाहाल सहितकाे प्रस्तुतिका लागि व्यावस्था समेत गरेकाे उपाध्यक्ष राेकायाले जानकारी गराइन ।

कला संस्कृतिमा जागृत भयर लाग्ने उहाँहरुकाे मनाेवल र लगावलाइ अगाडी बढाउन कार्यक्रममा उत्कृष्ट प्रसुती राख्नुहुने दिदिबहिनीहरु लाइ केहि पुरस्कार सहित सम्मान पनि गरिने छ,गाउँपालिका बाट महिलाहरूका लागि याेकार्यक्रम सहित महिला लक्षित, सिपमुलक, क्षमता विकास, स्वास्थ्य सुधार र अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने योजनामा रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया