Advertisement
SKIP THIS
घरदैलोमै नागरिकता पाउदाँ मेल्लेख बासि खुसि
  • जिल्ला प्रशासन अछामद्वारा मेल्लेखको दुर्गम वडा ऋषिदह पुगेर नागरिकता वितरण

तारामान खड्का अछाम:जिल्ला प्रशासन कार्यलय अछामले दोस्रो चरण अछामको मेल्लेख गाउँपालिकामा घरदैलोमा पुगेर नेपाली नागरिकता वितरण गरेको छ। प्रशासनले मेल्लेख गाउँपालिकासबै वडा सहित सबैभन्दा दुर्गम वडा ऋषिदहमै पुगेर नागरिकता वितरण सम्बन्धि घुम्ती शिविर सम्पन्न गरेको छ। घरद‌ैलोमै नागरिकता घुम्ती शिविरबाट मेल्लेखमा ९ सय ६८ जनाले घरमै नागरिकता पाएका छन।

भाद्र १ गतेबाट सुरु गरिएको नागरिकता शिविर दुर्गम बस्ती ऋषिदह पुगेर सम्पन्न गरिएको छ । मेल्लेखकाे ऋषिदहबाट नागरिकता बनाउन मंगलसैन पुग्न प्रति ब्याक्ती ५ हजार भन्दा बढि खर्च हनुे गरेको मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले बताए । नागरिकले पैसाको अभावले नागरिकता बनाउने नसेकेका र बिग्रेका नागरिकताकाे समेत प्रतिलिपी
लिन नसेकेका अध्यक्ष साउदले बताए । जिल्ला प्रशासन कार्यालय अछामले गाउँमै पुगेर नागरिकता वितरण गरेपछि स्थानियले धन्यवाद ब्याक्त गरे।

यश अघि जिल्ला प्रशासन कार्यालय अछामले प्रशासनले पहिलो चरणमा जिल्लाका ४ स्थानिय तहका २ हजार २ सय ८८ नागरिकलाई नेपाली नागरिकता सहित प्रतिलीपी दिएको थियोे ।

पहिलो चरणमा चौरपाटी गाउँपालीकामा ५ सय ७९ नागरिता ३ सय १९ मतदाता परिचय पत्र, ढकारी गाउँपालीकामा ६ सय १ नागरिकता ३७ नागरिकता प्रतिलीपी,३ सय ६३ मतदाता परिचय पत्र,तुर्माखाद गाउँपालीकामा ६ सय ७५ नागरिकता ६ नागरिकता प्रतिलीपी र २ सय २२ मतदाता परिचय पत्र र कमलबजार नगरपालीकमा ४ सय ३३ नागरिकता र ३सय ७ मतदाता परिचय पत्र बितरण गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए।

न्युन आर्थीक अवस्था भएका नागरिकलाई नागरिकता बनाउनकै कारण आर्थीक समस्या नहोस्, नागरिकलाई घर घरमै सेवा दिनुपर्छ भन्ने उदेश्यले नागरिकता बनाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताए ।

तपाईको प्रतिक्रिया