Advertisement
SKIP THIS
रामारोशन गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीको काज ४ दिनमै फिर्ता

निराकरण खबर अछाम:अछामको रामारोशन गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी काज सरुवा भएको ४ दिनमै फिर्ता भएका छन ।

यहि भाद्र १ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानिय तह कर्मचारी प्रशासन शाखाले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीलाई बाजुराको हिमाली गाउँपालीकामा पठाएको थियो ।

मन्त्रालयले भाद्र ५ गते प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीलाई काजबाट फिर्ता बोलाएर पुन रामारोशन गाउँपालीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न भनेको छ ।

तपाईको प्रतिक्रिया