Advertisement
SKIP THIS
दिपायल आउदै गरेको जीप डडेल्धुरामा दुर्घटना

डडेल्धुरा :डडेल्धुरामा जीप दुर्घटना भएको छ। डोटीको दीपायलबाट डडेल्धुरा आइरहेको से १ ज ५०४ नम्बरको जीप स्याउलेभन्दा तल ऐरी गाउँ मोडमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी मनोहरप्रसाद भट्टका अनुसार सडकबाट डेढ सय मिटर तल जीप खसेको बताउदै ९ जना घाइते भएका छन्।

उनले ९ जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको बताउदै जीज दुर्घटना भएको क्षेत्रमा झाडी भएकाले अन्य पनि हुनसक्ने आशंकामा खोजी भइरहेको छ।

तपाईको प्रतिक्रिया