निराकरण खबर अछाम:जिल्ला प्रशासन कार्यालय अछामद्वारा दोस्रो चरणको घर दैलोमै नागरिकता सेवा अभियान सुरु गरेको छ। प्रशासन बुधबारबाट दोस्रो चरणमा मेल्लेख गाउँपालिकामा घर दैलोमै नागरिकता दिन थालेको छ।
यश अघि जिल्ला प्रशासन कार्यालय अछामले प्रशासनले पहिलो चरणमा जिल्लाका ४ स्थानिय तहका २ हजार २ सय ८८ नागरिकलाई नेपाली नागरिकता सहित प्रतिलीपी दिएको थियोे ।
पहिलो चरणमा चौरपाटी गाउँपालीकामा ५ सय ७९ नागरिता ३ सय १९ मतदाता परिचय पत्र, ढकारी गाउँपालीकामा ६ सय १ नागरिकता ३७ नागरिकता प्रतिलीपी,३ सय ६३ मतदाता परिचय पत्र,तुर्माखाद गाउँपालीकामा ६ सय ७५ नागरिकता ६ नागरिकता प्रतिलीपी र २ सय २२ मतदाता परिचय पत्र र कमलबजार नगरपालीकमा ४ सय ३३ नागरिकता र ३सय ७ मतदाता परिचय पत्र बितरण गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए।
न्युन आर्थीक अवस्था भएका नागरिकलाई नागरिकता बनाउनकै कारण आर्थीक समस्या नहोस्, नागरिकलाई घर घरमै सेवा दिनुपर्छ भन्ने उदेश्यले नागरिकता बनाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताए ।