Advertisement
SKIP THIS
जिल्ला प्रशासन कार्यालय अछामद्धारा २ हजार २ सय ८८ नागरिकलाई घर दैलोमा नागरिकता बितरण

निराकरण खबर अछाम:जिल्ला प्रशासन कार्यालय अछामले घर घरमा गएर नै नागरिकता सहित फोटो सहितको मतदाता नामावली संकलन गरेको छ । प्र्रशासनले कोहि पनि नेपाली नागरिक नागरिकता बिहिन नहोेस् भन्दै गाउँ घरमै गएर नागरिता बितरण गरेको हो । प्रशासनले पहिलो चरणमा जिल्लाका ४ स्थानिय तहका २ हजार २ सय ८८ नागरिकलाई नेपाली नागरिकता सहित प्रतिलीपी दिएको छ ।

चौरपाटी गाउँपालीकामा ५ सय ७९ नागरिता ३ सय १९ मतदाता परिचय पत्र, ढकारी गाउँपालीकामा ६ सय १ नागरिकता ३७ नागरिकता प्रतिलीपी,३ सय ६३ मतदाता परिचय पत्र,तुर्माखाद गाउँपालीकामा ६ सय ७५ नागरिकता ६ नागरिकता प्रतिलीपी र २ सय २२ मतदाता परिचय पत्र र कमलबजार नगरपालीकमा ४ सय ३३ नागरिकता र ३सय ७ मतदाता परिचय पत्र बितरण गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए ।

न्युन आर्थीक अवस्था भएका नागरिकलाई नागरिकता बनाउनकै कारण आर्थीक समस्या नहोस्, नागरिकलाई घर घरमै सेवा दिनुपर्छ भन्ने उदेश्यले नागरिकता बनाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताए ।यस्तै बाकी रहेका अन्य स्थानिय तहमा समेत केहि दिनमा अभियान सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए ।

तपाईको प्रतिक्रिया