Advertisement
SKIP THIS
रामारोशन गाउँपालिका पुर्व अध्यक्ष र उपाध्यक्षले गैरकानुनी रुपमा करिव ५ लाख बुझे: महालेखा

निराकरण खबर अछाम:अछामको रामारोशन गाउँपालिका निर्वतमान अध्यक्ष अध्यक्ष झंकर वहादुर साउद र उपाध्यक्ष सरस्वती रावलले गैरकानुनी रुपमा गाउँपालिकाबाट रकम बुझेका छन् । उनिहरुले आर्थिक बर्ष २०७७/०७८ मा दाल, चामल, ग्यास, पानी खरिदको नाममा ४ लाख ९० हजार ५० रुपैया भुक्तानि भएको महालेखाको प्रतिबेदन उल्लेख गरिएको छ।

सुदूर पश्चिम प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐन, २०७६ को अनुसूची १ (क) अनुसार मा उल्लेख भए वमोजिम गाउँपालिका अध्यक्ष झंकर वहादुर साउद र उपाध्यक्ष सरस्वती रावललाई क्रमश मासिक रु १० हजार र ९,००० का दरले अतिथी सत्कार वापतको सुविधा भुक्तानी भएकोमा पुन गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई आर्थिक बर्ष २०७७/०७८ मा दाल, चामल, ग्यास, पानी खरिदमा अध्यक्षलाई रु३ लाख १७ हजार र उपाध्यक्षलाई रु.१ लाख ७२ हजार ९ सय ५० गरी कूल ४ लाख ९० हजार ५० भुक्तानी गरेको भएको महालेखाको प्रतिबेदन २०७९ मा उल्लेख गरिएको छ।

ऐनमा तोकिएभन्दा वढि सुविधावापतको भुक्तानी सम्वन्धित पदाधिकारीवाट असुल गर्नुपर्ने समेत महालेखाले भनेको छ।
यता गाउँपालिका प्रमुख प्रशाकिय अधिकृत राम बहादुर भण्डारीले भने दाल चामलको रकम भुक्तानी गर्ने गरिएको बताए । बेरुजु देखिएपछि निवर्तमान अध्यक्ष साउदले स्थानीय तहको निर्वाचनमा पुनः अध्यक्षमा उम्मेदवार दिने तयारी गरेका बेला बुझाएको तर निवर्तमान उपाध्यक्षले भने नबुझाएको प्रमुख प्रशाकिय अधिकृत भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया