Advertisement
SKIP THIS
रामारोशन गाउँपालिका पुर्व अध्यक्ष र उपाध्यक्षले गैरकानुनी रुपमा करिव ५ लाख बुझे: महालेखा

निराकरण खबर अछाम:अछामको रामारोशन गाउँपालिका निर्वतमान अध्यक्ष अध्यक्ष झंकर वहादुर साउद र उपाध्यक्ष सरस्वती रावलले गैरकानुनी रुपमा गाउँपालिकाबाट रकम बुझेका छन् ।

उनिहरुले आर्थिक बर्ष २०७७/०७८ मा दाल, चामल, ग्यास, पानी खरिदको नाममा ४ लाख ९० हजार ५० रुपैया भुक्तानि भएको महालेखाको प्रतिबेदन उल्लेख गरिएको छ। सुदूर पश्चिम प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धी ऐन, २०७६ को अनुसूची १ (क) अनुसार मा उल्लेख भए वमोजिम गाउँपालिका अध्यक्ष झंकर वहादुर साउद र उपाध्यक्ष सरस्वती रावललाई क्रमश मासिक रु १० हजार र ९,००० का दरले अतिथी सत्कार वापतको सुविधा भुक्तानी भएकोमा पुन गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई आर्थिक बर्ष २०७७/०७८ मा दाल, चामल, ग्यास, पानी खरिदमा अध्यक्षलाई रु ३ लाख १७ हजार र उपाध्यक्षलाई रु.१ लाख ७२ हजार ९ सय ५० गरी कूल ४ लाख ९० हजार ५० भुक्तानी गरेको भएको महालेखाको प्रतिबेदन २०७९ मा उल्लेख गरिएको छ।

ऐनमा तोकिएभन्दा वढि सुविधावापतको भुक्तानी सम्वन्धित पदाधिकारीवाट असुल गर्नुपर्ने समेत महालेखाले भनेको छ।

तपाईको प्रतिक्रिया