Advertisement
SKIP THIS
रामारोशन गाउँपालिका अध्यक्षकी श्रीमती भान्सेमा नियुक्त

निराकरण खबर अछाम :अछामको रामारोशन गाउँपालिकाले अध्यक्षकी श्रीमतीलाई भान्से नियुक्त गरेको छ।

अध्यक्ष मानबहादुर साउँदकि श्रीमतीलाई जयसरा साउँदलाई जेष्ठ १५ गतेदेखि लागु हुने गरि उक्त पदमा नियुक्ती दिएको छ ।

करार सेवामा अध्यक्ष साउँदकि श्रीमती जयसरालाई ६ महिनाका भान्से पदमा नियुक्ती गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारीले बताए । अध्यक्ष ज्युकी श्रीमती खाना पकाइरहनु भएको थियोे त्यै भएर नियुक्ति गरिएको भण्डारीले बताए ।

भान्से पदमा नियुक्त अध्यक्ष साउदकी श्रीमती जयसरालाई मासिक २१ हजार ३०० तलव, १० हजार पोषाक भत्ता बार्षिक १ महिना बराबरको दशै तथा चाडपर्व खर्च ,कार्यालयको कामको सिलसिलामा कुनै समितिको बैठक अनुगमन वा यस्तै प्रकृतिको अन्य कामको लागि नियमानुसार दैनिक भत्ता उपलब्ध र कार्यालयको कामको सिलसिलामा कुनै भ्रमणमा जाँदा भ्रमण खर्च नियमावली बमोजिम भ्रमण खर्च भुक्तानी दिईने सम्झौता पत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया