Advertisement
SKIP THIS
बाजुरा सदरमुकाम मार्तडीमा बम फेला

बाजुरा :बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बम फेला परेको छ।

सदरमुकामको बडिमालिका–९ स्थित रेडियो बाजुरा नजिकै रहेको दिनेश विकको शाैचालयको पछाडि पट्टी बम भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बमलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली पुगी सकेको र बम डिस्पोज गर्ने तयारीमा रहको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उक्त बम कसले राखेकाे हाे र किन राखेकाे हाे भने अनुसन्धान पछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएकाे छ । 

तपाईको प्रतिक्रिया