Advertisement
SKIP THIS
तुर्माखाद गाउँपालिका भुलुका पहिरोबाट मृत्यु भएका परिवारलाई राहत सहयोग

निराकरण खबर अछाम:साउन ९ गते आएको पहिरोबाट आफन्त गुमाएका अछाम तुर्माखाद गाउँपालिका २ भुलुका पिडितलाई राहत सहयोग गरिएको छ।

शुक्रबार अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनी नेतृत्वको टोलिले मृतक परिवारलाई राहत सहयोग गरेको हो।
दैवीप्रकोप राहत कोष मार्फत मृतकका परिवारलाई प्रति मृतक २ लाखका दरले राहत सहयोग हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताए ।

साउन ९ गते गएको पहिरो तुर्माखाद गाउँपालिका २ भुलुको एक घर पहिरोले पुर्दा २६ बर्षका बिरेन्द्र बिष्ट , ४५ बर्षाका हरिकला बिष्ट र १४ का संविधान बिष्टको मृत्यु भएको थियोे ।

तपाईको प्रतिक्रिया