Advertisement
SKIP THIS
सबैभन्दा कान्छा उमेरका भण्डारी प्रेस युनियनको केन्द्रीय सदस्यमा निर्वाचित

नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा सबैभन्दा कान्छा उमेरका सुशील भण्डारी निर्वाचित भएका छन् । साउन ७ गते सम्पन्न हेटौंडा महाधिवेशनबाट भण्डारी २३ बर्षकै उमेरमा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।

भण्डारीले शिव लम्सालको टिमबाट सुदूरपश्चिम भुगोलबाट उम्मेदवार दिएका थिए । भण्डारीले आफ्ना ३ प्रतिस्पर्धिलाई हराउँदै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

अछाममै बाल पत्रकारिता सुरु गरेका भण्डारी प्रेस युनियन अछाममा बर्तमान सचिव समेत हुन ।अछामबाट प्रकाशित हुदै आएको सडक मिडिया राष्ट्रिय दैनिकका प्रकाशक समेत रहेका भण्डारी स्वच्छ छवि भएका पत्रकारका रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया