Advertisement
SKIP THIS
सुदूरपश्चिममा एकै दिन थपिए ९ कोरोना संक्रमित

धनगढीः सुदूरपश्चिममा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली–कञ्चनपुरका सीमा नाकामा २६४ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो।

निर्देशनालयका अनुसार कञ्चनपुरको सीमा नाकामा २०९ जना नमूना परीक्षण गर्दा ७ र कैलालीमा ५४ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण फेला परेको हो। यस्तै सेती प्रादेशिक अस्पतालमा एकजना कोरोना संक्रमितको उपचार भइरहेको छ।  

तपाईको प्रतिक्रिया