Advertisement
SKIP THIS
पुर्वीचाैकी गाउँपालीकाकाे सार्वजनिक सुनुवाई सम्पन्न

निराकरण खबर डोटी :डोटीको पुर्वीचौकी गाउपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालीकाले गत आर्थिक वर्षमा प्रदान गरेका सेवाका बारेमा जानकारी दिनु पर्ने नितिगत ब्यवस्था अनुरुप सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयाेजना गरेकाे गाउँपालीका प्रवक्ता एवम वडा नम्बर २ का अध्यक्ष याेगेन्द्र ठकुल्लाले जानकारी दिए ।

कार्यममा बाेल्दै गाउँपालीका अध्यक्ष तथा कार्यक्रम मुख्य जवाफ देहिवक्ता राम प्रसाद उपाध्यायले विगतमा हुने गरेका समस्या नदाेहरिने गरि पारदर्शी रुपमा काम गर्नु पर्ने वताएका छन् ।

यस्तै गाउँपालीका जनताकाे सेवामा निरन्तर लागि रहेकाे र आगामी दिनमा थप उत्तरदायी र जनतामैत्री भएर काम गर्ने प्रमुख प्रशासकिय अधिकृत टेक वहादुर खड्काले जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष पशुपति खड्का, सतै वडाका वाडा अध्यक्ष, विषयगत शाखाका प्रमुख, स्थानिय, सरोकारवाला, लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाइकाे सहजिकरण पत्रकार चक्र कुँवरले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन पत्रकार विक्रम बहादुर खड्काले गरेका थिए ।

तपाईको प्रतिक्रिया