निराकरण खबर अछाम: अछामको मंगलसेन नगरपालिकाले अस्थाई तथा करार कर्मचारीको सम्झौता नविकरण नगर्ने भएको छ।
नगरपालिकाले एक सुचना जारी गर्दै आधारभुत स्वास्थ्य सेवा केन्द्र,स्वास्थ्य चौकी र वडा कार्यालयमा कार्यरत अस्थाई तथा करारका कर्मचारीहरुलाई साउन १ गतेबाट सम्बन्धित कार्यालयमा हाँजिरी गर्न नदिन मातहतका निकायलाई निर्देशन दिएको छ ।
नगरपालिकाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरुको करार अवधि समाप्त भएकाले साउन १ गतेबाट म्याद नथप्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिए ।
नगरपालिकाले कार्यालयलाई बिना जानकारी बिदामा बस्ने गरेको,नियमित रुपमा कार्यालयमा उपस्थिति नभएको,कार्यालय पोशाक प्रयोग नगरेको,कार्यालयको गोपनियत भंग गरेको लगायत कार्यरत पदको आवश्यकता र औचित्य नदेखिएको लगाएतका कारणहरू देखाउदै अस्थाई,करार र ज्यालादारी कर्मचारीहरुको करार अवधि थप नगर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।










