निराकरण खबर अछाम:विनोद शाही मृत्यु प्रकरण जिल्ला अदालत अछामले आरोपित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ। शुक्रबार जिल्ला अदालतले हत्या आरोपित बिरेन्द्र शाहि, देबेन्द्र शाहि,महेन्द्र शाहि र पृथ्वी शाहीलाई पुर्पक्षकालागि थुनामा पठाएको अदालत श्रेस्तेदार नारायण पौडेलले जानकारी दिए ।
श्रेस्तदार पौडेलका अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको छ भने अन्य फरार रहेकाहरूको खोजी गरेर पेस गर्न प्रहरीलाई आदेश गरिएको छ । जेठ १७ गते देखि बेपत्ता पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका १६ बर्षिय किशोर बिनोद शाहि २१ गते गाउँनजिकैको भिरमा मृत भेटिएका थिए ।
उनलेे हत्या भएको भन्दै परिवारले पञ्चदेवल बिनायक नगरपालिका नव निर्वाचित नगर प्रमुख अम्बिका चलाउने सहित १३ जना बिरुद्ध किटानी जाहेरी दिएका थिए । तर सरकारी वकिलको कार्यलयले मेयर अम्बिका चलाउने सहित ३ जनालाई मुद्दा चलाउन कुनै पनि प्रमाण नपुगेको भन्दै अदालतमा उपस्थित नगराएर छोडेको थियोे ।
घटनामा संग्लग्न भएको भन्दै परिवार दिएको किटानी जाहेरीमा परेका जिल्ला समन्वय समिति अछामकि उप प्रमुख दानमति शाहि दानमति शाही लगायत अन्य ५ जना फरार रहेका छन।