निराकरण खबर अछाम:विनोद शाही मृत्यु प्रकरण यहि २१ गते देखि सदरमुकाम मंगलसेनका ६ स्थानमा लगाईएको निषेधित क्षेत्र माहोल शान्त हुन थालेपछि हटाईएको छ।
हिजो बसेकाले जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान लागू हुनेगरि खारेज प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनिले बताए ।
अछाम पञ्चदेवल बिनायक ४ कालिकास्थान १६ बर्षिय किशोर विनोद शाहि मृत्यु प्रकरणमा ५ दलित गठबन्धनले गरेको आन्दोलनले उग्र रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले यहि २१ गते देखि सदरमुकामका मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत क्षेत्र, जिल्ला सरकारी वकील कार्यालय क्षेत्र, बैरागी धारा बस काउन्टर क्षेत्र, मंलसेन नगरपालिका कार्यालय क्षेत्र तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र कायम गरेको थियोे ।