Advertisement
SKIP THIS
बाजुरामा भिरबाट लडेर एक जनाकाे मृत्यु

बाजुरा:जिल्लाको त्रिवेणी नगरपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–६ पन्धारा फल्लेतोला बस्ने ४५ वर्षीय हरिचन्द्र बिक रहेका छन् ।

घरदेखि करिब ७ सय मिटर टाढा भिरपाटा भन्ने ठाउँमा रहेकाे भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

तपाईको प्रतिक्रिया