बाजुरा:बाजुराको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद उत्पन्न भएको छ। विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर समेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएपछि विवाद उत्पन्न भएको थियो। विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको हो। अहिले स्थिति नियन्त्रणमा आइसकेको प्रहरीले बताएको छ।
आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ। यसअघि वैशाख ३० गते भएको निर्वाचनमा विवाद भएर मतदान रद्द भएको थियो।