Advertisement
SKIP THIS
अछाममा आर्थिक बर्ष २०७९/८० का लागि जिल्ला दररेट कायम,(हेर्नुहोस् सुची)

अछाम : अछाम जिल्लाको जिल्ला दररेट निर्धारण गरिएको छ । आगामी आर्थिक बर्ष २०७९/८० का लागि जिल्ला दररेट निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामको अगुवाईमा भएको जिल्ला दररेट निर्धारण समितीको बैठकले जिल्लाको दररेट कायम गरेको हो । बैठकले जिल्ला बाहिरबाट ल्याउनु पर्ने सामाग्रीको दररेट कैलाली र सुर्खेत जिल्लाको दररेटमा भाडा जोडी हुन आउने रकमको कम दररेट कायम गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले बताए ।

जिल्ला दररेट निर्धारण समितीले स्थानिय निर्माण सामाग्री, कामदारको ज्याला दररेट, ढुवानीको दररेट, बिद्युतका समाग्री ढुवानी गर्दाको दररेट, बिभिन्न किसिमबाट निर्माण गरिएका घरहरुको प्लिन्थ दररेट, बिरुवा तथा अन्य कार्यको दररेट निर्धारण गरेको प्रजिअ मरासेनीले बताए । ढुवानीको हकमा सजिलो र असजिलो गरी दुई भागमा बर्गिकरण गरिएको छ ।

ईन्धनको दररेट नेपाल आयल निगमले जिल्लाका लागि तोकेका दररेटमा ढुवानी भाडा थप गरि दररेट निर्धारण गरिएको छ । जिल्ला दररेट निर्धारण समितीले तोकेको रेटलाई अधार मानेर १० वटै पालिकाले कार्यस्थलको आधारमा लागत कम हुने गरी निर्माण सामाग्री तथा ज्यालाको दररेट निर्धाण गर्न सक्ने निर्णय समेत भएको छ ।

तपाईको प्रतिक्रिया