Advertisement
SKIP THIS
बाजुरा स्वामिकार्तिक खापर गाउँपालिकामा ४८ किलोवाट ढिकुरी जलविद्युत आयोजना संञ्चालनमा

निराकरण खबर बाजुरा:बाजुरा जिल्लाको उत्तर पूर्वमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकाको ढिकुरी जलविद्युत आयोजना संञ्चालनमा आएको छ ।

मंगलबार एक कार्यक्रमका बिच स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले ४८ किलोवाट उत्पादन क्षमता रहेको ढिकुरी जलविद्युत आयोजनाको उद्घघाटन गरेका छन।

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ढिकुरी विद्युत आयोजना सञ्चालनमा ल्याउने उद्घोष गरेको केहि दिनमै आयोजनाको उद्घाटन गरिएको हो। गाउँपालिकाको वडा नम्बर १ मा रहेको उक्त विद्युतबाट वडा नम्बर १ र २ को लेकाली बस्तीमा वितरण हुने बताइएको छ।

उत्पादन सुरु गरेको ४८ किलोवाट क्षमताको ढिकुरी जलविद्युतको कुल लागत २ करोड ९१ लाख ४२ हजार रहेको छ।

तपाईको प्रतिक्रिया