Advertisement
SKIP THIS
मेयर चलाउनेसहित तीन जनाविरुद्ध मुद्दा नचल्ने सरकारी वकिलको निर्णय

अछाम: अछाम पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका किशोर विनोद शाहि मृत्यु प्रकरणमा हत्या आरोपित नगर प्रमुख अम्बिका चलाउने माथि मुद्दा नचल्ने भएको छ।

विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने सहित १२ जना बिरुद्ध जेठ २६ गते हत्या आरोपमा परिवारले किटानी जाहेरी दर्ता गराएका थिए । यस्तै मेयर चलाउने सगै अन्य २ जना माथि मुद्दा नचल्ने भएको छ ।

प्रहरीले गरेको अनुसन्धानबाट नगर प्रमुख अम्बिका चलाउने , नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभेटिएको फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा घटना भएको समयमा नगर प्रमुख चलाउने धनगढी, नेत्रबहादुर शाही काठमाडौं र रामबहादुर शाही मंगलसेनमा भएको र घटनामा संलग्न भएको कुनै प्रमाण नभएको प्रतिवेदन पठाएको थियो । मुलुकी अपराधसंहिता २०७४ को दफा ३१ अनुसार प्रमाण नपुगेको भन्दै सरकारी वकिल कौशल ढुंगानाले मुद्दा नचल्ने निर्णय गरेका हुन् ।

तपाईको प्रतिक्रिया