Advertisement
SKIP THIS
विनोद शाही मृत्यु प्रकरण: जिल्ला सदरमुकाम मंगलसेनमा निषेधित क्षेत्र कायम

निराकरण खबर अछाम:विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका बिभिन्न स्थानमा निषेधित क्षेत्र कायम गरेको छ।

प्रदर्शनले उग्र रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यलय अछामले
मंगलसेन दरबार क्षेत्र, अछाम जिल्ला अदालत क्षेत्र, जिल्ला सरकारी वकील कार्यालय क्षेत्र, बैरागी धारा बस काउन्टर क्षेत्र, मंलसेन नगरपालिका कार्यालय क्षेत्र तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्रभित्रलाई निषेधित क्षेत्र कायम गरेको हो । निषेधितमा कुनै पनि विरोधका कार्यक्रम नगर्न, नगराउन हुन साथै निषेधित क्षेत्र तोकिएका ठाँउमा बाधा अवरोध नगर्न निषेधित क्षेत्र उल्लंघन गरेको पाइएमा कानूनी कारवाही हुने जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ।

स्व विनोद शाहीको न्यायको लागि भन्दै हिजो ५ दलिय गठनबन्धनले गरेको आन्दोलनले उग्र रुप लिदा १३ सुरक्षाकर्मि घाइते भएका थिए । जेठ १७ गते देखि बेपत्ता पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका १६ बर्षिय किशोर विनोद शाहि २२ गते गाउँ नजिकैको भिरमा मृत भेटिएका थिए । हत्या भएको भन्दै परिवारले दिएको किटानी जाहेरीका आधारमा पञ्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउने सहित ७ जनालाई प्रहरीले प्रकाउ गरि अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया