Advertisement
SKIP THIS
बिनोद शाहिका हत्यारालाई कार्वाहीको माग गर्दै अछाममा आज पनि सवारी साधन बन्द

निराकरण खबर अछाम:अछाम पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका विनोद शाहीको हत्या भएको १ महिना हुदाँ समेत हत्यारा सार्वजनिक नभएको भन्दै बाम गठबन्धनले अछाममा आज समेत अछाममा सवारी बन्द गराएका छन।

आज पनि बिहानै देखि आन्दोलनकारीहरुले जिल्लामा लामो तथा छोटो दुरुका सवारी सञ्चालन हुन दिएका छैनन् ।उनिहरु जिल्लाका विभिन्न ठाउँमा सडकमा टायर बालि सडक अबरुद्ध पारेका छन।जिल्ला सञ्चालित र जिल्ला हुदै बाहिरिने सवारी साधन बिहान देखि ठप्प छन् ।

अछाम स्थित नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विप्लव नेतृत्वको नेकपाले संयुक्तरुपमा हिजो समेत अछाम सवारीसाधन ठप्प पारेका थिए ।

घटनाका किटानी जहेरि दिएको करिव ३ हप्तापछि शनिबार साझँ मेयर अम्बिका चलाउने प्रहरी सामु उपस्थित भएकी छन।उनी सँगै अन्य ६ जनालाई हिरासतमा राखेको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया