अछाम:अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन्। विनोद शाहीको हत्या अभियोगमा आफन्तले पञ्चदेवल विनायक नगरपालिका नवनिर्वाचित मेयर चलाउने सहित १३ जनाको नाममा किटानि जाहेरि दिएका थिए ।
किटानी जाहेरी पछि प्रहरीको सम्पर्कमा नरहेकि नव निर्वाचित नगर प्रमुख शनिबार आफै प्रहरी कार्यालयमा उपस्थिति भएकि हुन। उनिसँगै नेत्र शाहीसमेत जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका जिल्ला प्रहरी कार्यालय अछाममा सूचना अधिकारी कैलाश बिष्टले बताए ।नगर प्रमुख चलाउनेलाई थुनामा राखेर अनुसन्धान भईरहेको सूचना अधिकारी कैलाश बिष्टले बताए ।
यसअघि ५ जनालाई हत्याको आसङ्कामा पक्राउ गरि अनुसन्धान भईरहेको छ।यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ। केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ। जेठ १७ गते देखि बेपत्ता भएका विनोद २१ गते गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो।