अछामः नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुनसक्ने बताएका छन्। नेपाल प्रेस युनियन अछामद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनेसक्ने बताएका हुन्।
“मुख्यमन्त्री परिवर्तन हुने सम्भावना देखिन्छ” पत्रकार सम्मेलनमा उनले भने। हाल सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) बाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्।










