निराकरण खबर अछाम: पुप्षलाल मध्यपहाडि राजमार्ग अन्तर्गत अछामको कैलास खोला नजिक कचरौटे खोलामा पुल नबन्दा सवारीसाधन चालकले सास्ती भोग्नुपरेको छ।
बर्षाको समयमा मात्रै होइन,अन्य समयमा समेत आएको सानो खहरे खोलाले समेत सवारीसाधन आवतजावतमा समस्या पार्ने गरेको छ। बयालपाटा देखि ९ किलोमिटर अगाडि मंगलसेन तिर गएका सवारी साधान खोलाले थुपारेको खहरेका कारण पुनः बयालपाटा फर्किएर जयगढबाट मंगलसेन जानुपर्ने अवस्था सवारी चालक जीवन खनालले बताए ।
सडक पिच भएको ३ बर्ष बढी हुदाँ समेत पुल बन्न सकेको छैन । पुप्पलाल मध्यपहाडि राजमार्ग कार्यलय दैलेखको लापरबाहीले सडक पिच भएको लामो समय बितिसक्दा समेत पुल बन्न सकेको छैन ।पुप्पलाल मध्यपहाडि राजमार्ग कार्यलय दैलेखले भने केही दिनमै बिभागबाट पुलको ठेक्का लाग्ने बताए ।










