Advertisement
SKIP THIS
रोजी कुँवरको अभिनयमा छाउपडी कु प्रथा सम्वन्धि जनचेतना गीत सार्वजनिक ( भिडियो सहित)

बैतडी: ‘लाला बाला छाडिकन कै ठौर बास भयो

झान्या बेला भेट भएन छाउगोठमै सास गयो’

याे सुदूरपश्चिममा व्यप्त छाउपडी प्रथा हटाउन जनचेतना फैलाउने उद्देश्यले तयार पारिएको डेउडा गीत हाे । याे गीत सार्वजनिक गरिएकाे छ । राजु तिर्वाको शब्द सृजनामा निर्माण गरिएको उक्त गीतमा लोकप्रिय गायक राजु परियार र गायिका रेखा जोशीको स्वर छ । सनम कठायत र रोजी कुँवरको अभिनय रहेको उक्त गीतमा छाउपडी प्रथाको नकारात्मक प्रभाव देखाइएको छ ।

महिला महिनावारी भएका बेला छाउपडी गोठमा बस्नुपर्ने बाध्यता र महिनावारीका बेला महिलासँग गरिने सामाजिक व्यवहारको गतिविधि गीतमा समेटिएको छ । गीतको भिडियोको सुरुवातमा एक महिलाको छाउपडी गोठमै सर्पले टोकेर मृत्यु भएको दृष्य समावेश छ भने अन्तिममा छाउपडी प्रथाविरुद्ध जनचेतनामुलक सन्देश समावेश छ ।

यस्ता जनचेतनामुलक गीतका माध्यमबाट समाजमा व्यप्त सबै प्रकारका कुप्रथाहरू न्युनीकरण हुने यस गीतका सर्जक राजु तिर्वाको विश्वास छ ।

हेर्नुहोस् भिडियो                                                                       https://youtu.be/lu3ZyCoYpjw

तपाईको प्रतिक्रिया