Advertisement
SKIP THIS
जयगढ बजार सुधार व्यवस्थापन समितीको अध्यक्ष जनकराज उपाध्याय चयन

निराकरण खबर अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढमा जनकराज उपाध्यायको अध्यक्षतामा बजार सुधार व्यवस्थापन समिति गठन गरिएको छ।

बिहिवार बान्निगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको प्रमुख आथित्यमा जयगढमा बजार सुधार व्यवस्थापन समिति गठन गरिएको हो।

जयगढमा बजार सुधार व्यवस्थापन समितिको उपाध्यक्षमा मोतिसरा साउँद, सचिवमा केशर बिश्वकर्मा,कोषाध्यक्षमा अनमिका बिष्ट लगायतका ९ सदस्य रहेका छन ।

यस्तै बजार सुधार व्यवस्थापन समिति गठनलाई आवश्यक सुझाव सल्लाह एवम् समन्वयका लागि चन्द सिह लुहारको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ।

तपाईको प्रतिक्रिया