तारामान खड्का अछाम:अछाममा हवाई सेवा १ महिना देखि बन्द भएको छ ।अछामको साफेबगर बिमानस्थलमा उडान भर्दै आएका नेपाल एयरलाईन्स र समिट एयरलाइन्सले बिभीन्न कारण देखाउदै उडान कटौति गरेका हुन ।
अछाममा जहाज नआउदाँ यात्रुहरुले धनगढी अछाम आउन जानलाई ८ घण्टा बढी समय सडकमार्ग प्रयोग गर्नु परेको छ । बिरामीहरुलाई थप उपचारका लागि सुबिधा सम्पन्न अस्पताल पुर्याउन समेत झनै अप्ठेरो भएको छ । तत्कालीन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेको निर्देशनमा गत कात्तीकबाट धनगढी अछाम उडान सुरु गरेको नेपाल एयरलाइन्सले १ महिना देखि उडान बन्द गरेको छ । साफेबगरमा रहेको नेपाल एयरलाइन्स कार्यालयका अनुसार क्षेत्रिय कार्यालयले १ महिना जहाज नआउने जानकारी गराएको तर १ महिना बढी बितीसक्दा समेत जहाज नआएको चक्र कुँवरले बताए ।
नेपाल एयरलाइन्सका टुइनअटर जहाज उडाउने पाइलट कारवाहीमा पर्दा पाइलट अभावमा जहाज साफेबगर नआएको बुझीएको छ । नेपाल एयरलाइन्सले शुक्रबार र सोमबार धनगढीबाट अछाम नियमीत उडान भरिरहेको थियो ।
यस्तै नियमीत उडान तालीका नभएपनी अछाम आईरहेको समीट एयरलाइन्सको जहाजले पुर्ब तिर बिदेशी पर्यटक बोक्दा अछामको उडान कटौती गरेको बुझीएको छ । बिदेशी नागरिकहरु बोक्दा बढी भाडा तिनुपर्ने कानुनी ब्यावस्थाका कारण एयरलाईन्सहरुले दुर्गम ठाउँका उडान कटौति गर्ने गरेका छन ।