अछाम:अछामको चौरपाटी गाउँपालिकामा आज तेस्रो कोदो दिवस मनाइँदै छ ।
कोदो बालीको संरक्षण एंव प्रर्वद्धन गर्न गाउँपालिकाले प्रत्येक वर्ष असार १६ गते कोदो दिवस मनाउँदै आएको छ ।
सोही अनुसार गाउँपालिकाले आज तेस्रो कोदो दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो ।
गाउँपालिकामा सबैभन्दा बढी खद्यान्न बालीका रुपमा कोदोको उत्पादन हुने गरेको छ ।
कोदोको उत्पादन वृद्धि गर्न ‘फलेको कोदो, कुटेको धान’ भन्ने कार्यक्रम अगाडि सारेर गाउँपालिकाले विशेष कार्यक्रम ल्याएको हो ।