निराकरण खवर अछाम: अछामको जेठो बिधालय महेन्द्र माध्यमिक बिधालय बयालपाटाका सेवा निवृत हुनुभएका प्रधानाध्यापक इन्द्रजित ठकुल्लाको बिदाई गरिएको छ।
सेवा निवृत हुनुभएका प्रधानाध्यापक ठकुल्लाको बुधबार बिधालयमा एक कार्यक्रम गरि बिदाई गरिएको हो।
ठकुल्लाले साफेँबगर नगरपालिका वडा नं ८ बयालपाटामा रहेको अछामको जेठो बिधालय महेन्द्र माध्यमिक बिधालयमा ३६ बर्ष सेवा गरेका थिए भने १८ बर्ष प्रधानाध्यापक भएर सेवा गरेका थिए । प्रधानाध्यापक ठकुल्लाको बिदाइमा शिक्षक र बिधार्थी भावुक बनेका थिए ।