निराकरण खवर अछाम:बान्नीगढी जयगढ गाउँपालिका अछामद्वारा धान दिवस तथा रोपाईं महोत्सव मनाईएको छ।
बुधबार वडा नं १ गाज्राका किसान ज्ञानेन्द्र खड्काको खेतमा धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ मुल नाराका साथ रोपाइँ गरि १९औं धान दिवस तथा रोपाईं महोत्सव मनाईएको हो। रोपाइँ महोत्सव गाउँपालिका जनप्रतिनिधी, कर्मचारी स्थानीय बासिन्दाको सहभागीता रहेको थियोे ।
असार १५ ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस तथा रोपाईं महोत्सव मनाईएको बान्नीगढी जयगढ गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत झनक रेग्मीले बताए ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ ।