Advertisement
SKIP THIS
उत्कृष्ट नतिजा ल्याउने बिधार्थीलाई १ महिनाको सुबिधा दिने तुर्माखाद गाउँपालिका अध्यक्ष बिसी

अछाम : बसुन्धरा माध्यामिक विद्यालय तुर्माखाँद ३ भैरवस्थाले नवनिर्वाचित गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधिलाई सम्मान गरेकाे छ । विद्यालयले एक कार्यक्रमकाे आयाेजना गरि पालिका अध्यक्ष डम्बर बहादुर बिसी, वडा अध्यक्ष काँसिराम बुढा लगायतका जनप्रतिनिधिलाई सम्मान गरेकाे हाे ।

विद्यालयका प्रधानाध्यापक बम बहादुर विष्टकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पालिका अध्यक्ष बिसीले आफ्नाे कार्यकालमा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिने बताए । आफू यसै विद्यालयकाे व्यवस्थापन समिति अध्यक्ष हुँदै गर्दा विद्यालयकाे भाैतिक, शैक्षिक सुधारका लागि आफ्नाे याेगदान दिएकाे भन्दै अब पालिकाभरीकाे शैक्षिक सुभारका लागि अग्रसर भएर लाग्ने अध्यक्ष विसीकाे भनाइ छ ।

बसुन्धरा माविबाट प्रत्येक बर्ष उत्कृष्ट नतिजा ल्याउने तथा उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई आफ्नाे व्यक्तिगत तर्फबाट एक महिना बराबरकाे सुविधा प्रदान गर्ने अध्यक्ष विसीले प्रतिवद्धता जनाए । उक्त रकम विद्यार्थीकाे पढाईलेखाईमा खर्च गर्ने सुनिश्चितता गरिने समेत उनको भनाइ छ ।

नवनिर्वाचित जनप्रतिनिधिलाई विद्यालयका प्रधानाध्यापक बिष्ट, शिक्षक, विव्यस सदस्य, अभिभावक, विद्यार्थी लगायतले अबिर लगाई सम्मान गरिएकाे थियाे । 

तपाईको प्रतिक्रिया