Advertisement
SKIP THIS
कमिसनमा योजना बिक्रि गर्ने सुदूरपश्चिम सरकारले बयालपाटा अस्पताललाई बेवास्ता गर्यो

तारामान खड्का अछाम:कुनै बेला ३ जना बिषशज्ञहरुले सेवा प्रदान गरेको सुदूरपश्चीमकै पहाडी जिल्ला अछामको साफेबगर नगरपालीका ७ मा रहेको सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिरहेकोे बयालपाटा अस्पतालले आर्थीक संकट ब्यहोरिरहेको बारे अछाम बाजुरा र डोटीका जनप्रतिनीधीले चासो ब्यक्त गरेका छन ।

सोमबार जिल्ला समन्वय अछामले अस्पतालमा गरेको अन्तरक्रीया जनप्रतिनीधीले बयालपाटा अस्पताल सञ्चालनको लागि सुदूरपश्चीम सरकारले अपन्वत्व लिनुपर्नैमा उल्टै ब्यवास्था गरेको बताए । आगामी आर्थीक बर्ष २०७९÷८० का लागी सुदूरपश्चीम सरकारका अर्थ मन्त्री प्रकाश बहादुर रावलले ५ करोड बिनीयोजन गरेको बजेट बक्तब्यमा भनेपनी प्रदेशको रातो बुकमा भने ४ करोड मात्रै आएको छ ।

सुदुरपश्चीम सरकारले कमिसनमा योजना बेच्दा बयालपाटा अस्पताल जस्तो नि शुल्क सेवा प्रदान गर्ने स्वास्थ्य क्षेत्रको बजेट कटौती गरिएको बिगत बर्षमा पाउदै आएको ८ करोडमा झन यसपटक कटौती भएर ४ करोडमा मात्रै पाएको अछाम क्षेत्र १ प्रदेशबाट सभा सदस्य गोबिन्द्र कुँवरले बताए ।

बयालपाटा अस्पतालमा केही ब्याक्तिहरुले अनावश्यक रुपमा बढी पारिश्रमिक लिने गरेको भन्ने कुरा रहेको बताउदै, अस्पतालमा कार्यरत कर्मचारीको सेवा सुबिधा बारे स्पष्ट जानकारी हुनुपर्ने चौरपाटि गाउँपालिका अध्यक्ष भिम बहादुर साउँदले बताए ।

बयालपाटा अस्पताललाई प्रदेश सरकारले आफ्नो मातहत पनी नलिने आवश्यक बजेट पनी नदिने आफ्नै नगरमा सेटीङका आधारमा १ सय ५० बढी योजना आएका तर अस्पताललाई भने ब्यवस्था गरिएको साफेबगर नगरपालीका नगर उप प्रमुख शिब कुँवरले बताए, आवश्यक बजेट नदिजे प्रदेश सरकारलाई हाल छुट्याएको ४ करोड समेत फिर्ता लैजान अनुरोध गरे ।

कार्यक्रम प्रदेश सासंद गोबिन्द्र कुँवर,डोटीका प्रदेश सांसद भरत खड्का,जिल्ला समन्वन समिती अछामका प्रमुख ललित बहादुर कुँवर, अछाम बाजुरा र डोटीका स्थानिय तहका नव निवार्चीत जनप्रतिनीधी अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासैनि,बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक मन्दिप पाठक लगायतको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया